रौतहटमा कार दुर्घटना, ४ भारतीय नागरिकको मृत्यु

काठमाडौँ । रौतहटमा कार दुर्घटनामा परी चार जना भारतीय नागरिकको मृत्यु भएको छ । गए राति गौर-चन्द्रनिगाहपुर सडक खण्डको बम नहर र झुनखुनवामा उक्त कार दुर्घटनामा परेको हो ।

कार करिब २० मिटर तल‌ पानीमा डुबेको प्रहरीले बताएको छ। गए राति करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । चन्द्रपुरबाट आउँदै गरेको युके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार रोडको पश्चिमतर्फ पल्टिएर सडक छेउमा रहेको खाडलमा रहेको पानीमा डुबेको थियो ।

मृतकहरूको हालसम्म पहिचान खुल्न नसकेको भएपनि उनीहरू साथमा भएको कागजात हेर्दा सबै भारतीय नागरिक हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *