जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?

काठमाडौँ । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ ।

स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले  बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *