माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने
मकालु खबर
२०७८ कार्तिक २६ गते
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १४ प्रतिशत लाभांश दिने घोषणा पारित गरेको छ । वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ ।
मकालु खबर
२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित