कंगोमा डुङ्गा दुर्घटना, ४० जना बेपत्ता
२०७८ कार्तिक २६ गते

प्रतिकात्मक तस्बिर
किन्शासा । डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।
दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा
२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








