ट्विटर पोलपछि एलन मस्कले बेचे टेस्लाको ५ अर्ब डलरको सेयर

काठमाडौँ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले विद्युतीय कार निर्माता कम्पनीको करिब ५ अर्ब डलर बराबरको सेयर बेचेका छन् । उनले आफ्ना ६३ मिलियन ट्विटर फलोअर्सलाई टेस्लाबाट १० प्रतिशत सेयर बेचौँ की नबेचौँ भनेर पोल राखेका थिए ।

उनले पोलको नतिजाको आधारमा सेयर बिक्री गरेपछि दुई दिनमा कम्पनीको सेयर १६ प्रतिशतले घटेको थियो । टेस्ला विश्वकै सबैभन्दा महँगो कार निर्माण गर्ने कम्पनी हो जसको स्टक बजार मूल्य १ ट्रिलियन डलर भन्दा बढी छ । मस्कको ट्रस्टले टेस्लाको करिब ३.६ मिलियन सेयर बेचेको छ जसको मूल्य करिब ४ अर्ब डलर छ ।

उनले त्यो बाहेक अरू १.१ बिलियन डलरको सेयर पनि बेचेका छन् । मस्कले पोलमा आफ्नो कर तिर्ने दायित्व पूरा गर्न टेस्लाको १० प्रतिशत सेयर बेच्दा ठिक हुन्छ की नबेच्दा भनेर सोधेकोमा ५८ प्रतिशतले बेच्नेमा मतदान गरेका थिए । सन् २०१६ पछि मस्कलेअहिले पहिलो पटक टेस्लाको सेयर बेचेका हुन् ।

त्यसअघि मस्कले ६ सय डलर आयकर कभर गर्नका लागि केही सेयर बेचेका थिए । एलन मस्क अहिले संसारकै धनी व्यक्तिको सूचीमा १ नम्बरमा छन् उनको कुल सम्पत्ति २ सय ८० बिलियनभन्दा माथि रहेको अनुमान गरिएको छ ।

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =