खाना पकाउने ग्याससहित पेट्रोलियमको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र मट्टितेलसहित पेट्रोलियमको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको हो । अब नयाँ मूल्यअनुसार ग्यासको मूल्य अब प्रति सिलिन्डर १५ सय ७५ रुपैयाँ, पेट्रोल लिटरको १३६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोमिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य समायोजनअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निमगले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ १४ पैसा, ग्यासमा प्रति सिलिन्डर ६५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =