गुराँस लघुवित्तको १७.७८ प्रतिशत लाभांश पारित

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७\७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७७\०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरू तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरू संशोधनको प्रस्ताव पारित गरेको छ ।

यस्तै संस्थापक समूह ‘क’अन्तर्गत रिक्त रहेका ४ जना सञ्चालकहरूमा उदयनारायण बराल, अशोक गौतम, राजुप्रसाद अधिकारी र विजयकुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =