प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

काठमाडौं। प्राइम कमर्सियल बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंकले यसमध्ये १६ प्रतिशत बोनस सेयर र शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। बैंकले पोहोरभन्दा लाभांश दर केही बढाएको हो।

बैंकले गत बर्ष १५ प्रतिशत बोनस सेयर दिएको थियो। त्यसअघिका दुई वर्ष १६ प्रतिशतका दरले बोनस सेयर दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =