खातामा पैसा छैन, १४ लाखको चेक !

पोखरा । पैसा नभएको खाताको चेक दिएर बाउन्स भएपछि पोखरामा एकजना पक्राउ परेका छन् । पोखरा- १३ बाझापाटनका ३५ वर्षीय शंकर गुरुङलाई चेक बाउन्स भएको ‘बैंकिङ’ कसुरमा पक्राउ गरिएको हो ।

उनले पैसा नै नभएको खाताबाट साट्ने गरी १३ लाख ८० हजारको चेक दिएका थिए ।

सम्बन्धित बैंकमा चेक साट्न पटक पटक जाँदासमेत नसाटिएपछि उनीविरुद्ध उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनलाई ७ दिन म्याद थप भएको छ ।

कास्कीमा बैंकिङ कसुरमा कारबाही भोग्नेहरू दैनिक बढिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =