सुन १५ सयले बढ्यो, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा १५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आइतबार ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =