सीएनआई अध्यक्ष अग्रवाललाई कोरोना संक्रमण

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णु अग्रवाललाई कोरोना संक्रमण भएको छ । परिसंघको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत अध्यक्ष अग्रवालले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यसपछि उनले केही दिनयता आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई सतर्क रहन आग्रहसमेत गरेका छन् । ‘मैले कोरोना संक्रमणको परीक्षण गराएँ । त्यसबखत कोरोना पोजेटिभ परिणाम आयो,’ उनले भनेका छन्, ‘केही दिनयता मेरो सम्पर्कमा रहनुभएकाहरूले सतर्कता अपनाउनुस् ।’
उनले आफूलाई केही लक्षणहरूसमेत रहेको बताएका छन् ।
Dear friends,
I tested positive for COVID 19. Thankfully, I have mild symptoms. I would like to request to take necessary precautions to those who came in touch with me in past few says.
Wishing you all the best.
With best regards,
Vishnu K. Agarwal
President, CNI.— Confederation of Nepalese Industries (@CNINEPAL) November 7, 2021








