सेफ सन्तोष साहको ठट्यौली- प्रधानमन्त्रीले पार्टीकै टिकट दिन लाग्या त होइन ?

काठमाडौँ । सेफ सन्तोष साहले प्रधानमन्त्री देउवाले कतै आफूलाई पार्टीको टिकट दिन खोजेका त होइनन् भनेर ठ्ट्यौली गरेका छन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँगको तस्बिर सोमबार ट्विटरमार्फत सार्वजनिक गर्दै साहले प्रधानमन्त्री देउवाले आफूतिर हेर्नुको मनसाय कतै पार्टीको टिकट दिने भनेर त होइन भनेर ठट्यौली लवजमा प्रश्न गरेका छन् ।

‘फोटो जूम गरेर हेर्नुस् त‚ हाम्रो प्रधानमन्त्रीज्यूले मलाई त्यस्तो किन हेरेको होला ?’ उनले लेखेका छन्‚ ‘कहिँ वहाँको मनमा मलाई पार्टीको टिकट दिने विचार त छैन ?’

हाल प्रधानमन्त्री देउवा स्कटल्यान्डको ग्लास्गो सहरमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा सहभागिता जनाउनका लागि बेलायत भ्रमणमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =