माछापुच्छ्रे बैंकको खुद नाफा ५६ करोड बढी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस बैंकले ५६ करोड १५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले एक अर्ब २६ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले बढी हो । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २९.६७ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १४.७६ प्रतिशतले घटेको छ । त्यसैगरी, बैंकको निक्षेप ०.७४ प्रतिशतले बढेको छ भने कर्जा ११.९६ प्रतिशतले बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७४ पैसाले बढेर २४ रुपैयाँ ८१ पैसा पुगेको छ ।

यस बैंकको मूल्य आम्दानी अनुपात १५.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =