चौतारामा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

सिन्धुपाल्चोक । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उद्घाटन गरेका छन् । शनिवार सभामुख सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा एवं एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
यससँगै बैंकको उक्त शाखा कार्यालयबाट कारोबार समेत सुरु भएको बैंकले जनाएको छ ।

सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधि सभाका सभामुखका स्वकीय सचिव सागर केसी, बैंकका विभागीय प्रमुख सरोज वस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरू, कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरू लगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले हाल देशभर २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा दिइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =