भारत जाँदै प्रधान सेनापति शर्मा
२०७८ कार्तिक ११ गते

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमण गर्न लागेका हुन् । भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
२०७८ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित








