कुशवाहामाथिको दुर्व्यवहारविरुद्ध ईन्जिनियरहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले शुक्रबार जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज पाखुरामा कालो पट्टी बाँधी मौन विरोध गरेका हुन् ।

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै हिजो निमित्त प्रमुख कुशवाहालाई कालोमोसो दली नगर घुमाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *