प्रदेश १ मा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
मकालु खबर
२०७८ कार्तिक ३ गते
विराटनगर । प्रदेश १ मा मात्र पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। दिउँसोसम्ममा प्रदेश १ मा ३२ जनाले ज्यान गुमाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ईलाम, पाँचथर, धनकुटा र मोरङ जिल्ला प्रभावित छ ।
ईलामाम १३ जना, पाँचथरमा ८ जना, धनकुटामा ६ जना, सुनसरीमा २ जना, उदयपुर, भोजपुर र मोरङमा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिरोका कारण पुरिएका धेरै छन् ।
उदयपुरको गाईघाट-धरान सडक खण्डमा सवारी साधन चल्न सकेको छैन । कोशी राजमार्गअन्तर्गत धनकुटामा अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको राईले बताए ।
मकालु खबर
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित