सिभिल बैंकले दसैँमा भिडभाड हुने मन्दिर क्षेत्रमा स्वास्थ्य सामग्री बाँड्ने
२०७८ असोज २५ गते

काठमाडौँ । सिभिल बैंक लिमिटेडले यस वर्षको दसैँको अवसरमा ‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।
वडा दसैँको नवौ दिन अर्थात् नवमीमा भक्तजनहरूको मन्दिरहरूमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना सङ्क्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौँको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेस मास्क तथा स्यानिटाइजर वितरण गर्ने भएको छ ।
यसले वडा दसैँमा भक्तजनमाझ कोरोना सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन् ।
२०७८ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








