राष्ट्रिय वाणिज्य बैंकद्वारा थप सात शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बागमती प्रदेशअन्तर्गत काठामाडौँ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बू, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोककाे सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हाे ।

यसैगरी बैंकले लुम्बिनी प्रदेशकाे प्युठान सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त  गरे  ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =