सिटिजन्स बैंक र लुजा मेक अप स्टुडियोबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाडौँस्थित लुजा मेक अप स्टुडियो एन्ड स्किन केयर प्रालीबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीहरूले लुजा मेक अप स्टुडियो एन्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विशेष छुट पाउने बैकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =