दीपक भन्छन् – अप्ठेरो बेला चाहिँ…
२०७८ असोज १४ गते

काठमाडौँ । काठमाडौँ उपत्यकामा हल चलाउने अनुमति पाएको पनि लामै समय भयो । दशैँ नजिकिँदै गर्दा केही छिटपुट बाहेक चलचित्रले प्रदर्शनका लागि तयार रहेको बताउन हिम्मत गर्न सकेका छैनन् ।
प्रदर्शन मिति नै तय गरेर बसेका धेरै चलचित्र रोकिएको लामो समय भएको छ । तर दशैँमा एक्लै चल्न पाउने हुँदा पनि निर्माताले आफ्नो चलचित्र दिने आँट गरिरहेका छैनन् ।
यस्तै कुराहरूले चलचित्रकर्मी दीपक राज गिरी असन्तुष्ट देखिएका छन् । उनले हल खुल्न विदेशी चलचित्रमै भर पर्नुपर्ने ? भन्ने आशयको पोस्ट सामाजिक सञ्जालमा राखेका छन् । सामान्य परिस्थितिमा एकै दिन धेरै नेपाली चलचित्र चल्ने गरेको वास्तविकतातर्फ औँल्याउँदै उनी भन्छन्, ‘सहज हुँदा एक आपसमा भिड्ने, अप्ठेरो बेला चाहिँ ….’
२०७८ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








