कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्यमा कुमारी स्काई क्लब कार्ड जारी

काठमाडौँ । कुमारी बैंक र यती एयरलाइन्स प्रा.लि.ले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्वाइप एन्ड फ्लाई क्याम्पेन सुरुवात गरेको छ ।

यती एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिनेछ ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लब कार्डका वाहकहरूले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भएकाले हवाई यात्रा गर्न बैंकका ग्राहकसमेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =