‘आइएमई पे’ र नियोटेरिक नेपालबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच विभिन्न छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गरी दशैँ क्याम्पियन पनि सुरु भएको छ । दशैँ क्याम्पियन ११ असोजदेखि २० कार्तिकसम्म लागु हुनेछ ।

क्याम्पियनअन्तर्गत नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिब्युटर नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख श्रेष्ठले नियोटेरिक नेपालका कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =