लुम्बिनी विकास बैंक र कुटी रिसोर्ट प्रालिबीच सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिमा ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरूमा छुट दिनका लागि सम्झौता गरेको छ ।

कुटी रिसोर्ट प्रालि पोखराको फेवातालको नजिक रहेको छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंक लिमिटेडले ग्राहकलाई कुटी रिसोर्ट प्रालिका विभिन्न सेवा तथा सुविधाहरूमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ ।

कुटी रिसोर्ट प्रालिको विभिन्न सेवा तथा सुविधाहरूअन्तर्गत ग्राहकहरूले खान तथा बस्न, व्यायाम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पाको आनन्द लिन सक्ने जनाएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटी रिसोर्ट प्रालिको तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =