वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा पैसा पठाउँदा बोनस पाइने

काठमाडौँ ।दसैँको अवसर बेलायत, अस्ट्रेलियालगायतका देशहरूबाट वर्ल्ड रेमिटमार्फत् एनआइसी एशिया बैंक खातामा रकम पठाउँदा चार सय रुपैयाँ बोनस दिने भएको छ । यो योजना असोज ११ देखि कात्तिक १० सम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने जनाइएको छ । बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने जनाइएको छ ।

आजदेखि कार्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै बैंकको खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ४ सय रुपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =