लिखु जलविद्युत् आयोजनाभित्र ३ जना पुरिए, एकजनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लिखुपिके- ५ स्थित लिखु जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरलाई ढिस्को झरेर पुरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा खोटाङका २८ वर्षीय रामकृष्ण राई हुन् । घाइते हुनेहरूमा दोलखा जिरी- २ का २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ- ८ का २८ वर्षीय प्रविन्द्र राई रहेका प्रहरीले जनाएको छ । बिहान सुरुङमा काम गरिरहेको अवस्थामा रामकृष्णलाई माथिबाट झरेको ढिस्कोले पुर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जगत र प्रविन्द्रको पुरिएर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =