सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुका लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाईल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =