बडा दशैँको अवसरमा सानिमा बैंकको ‘दशैँ धमाका’ योजना

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैँ धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सकिने र्बैंकले जनाएको छ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इआइएम) सुविधा पनि प्राप्त गर्न सकिने जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भिस’को आधारमा छुट प्रदान गरिने पनि बैकले जनाएको छ । यो योजना असनेज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू  हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इआईएम) सुविधा लिँदा ५ सय रुपैयाँ क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुने बैकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट मा लगइन गरी आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =