सिटिजन्स बैङ्कको लाभांश घोषणा
मकालु खबर
२०७८ असोज ९ गते
काठमाडौँ । सिटिजन्स बैङ्क लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूका लागि लाभांश वितरणको घोषणा गरेको छ ।
बैङ्कको आज असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७\७८ को सञ्चित मुनाफाबाट बैङ्कका शेयर धनीहरूलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैङ्कको स्वीकृत भई र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
मकालु खबर
२०७८ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित