७ सयले घट्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =