७ सयले घट्यो सुनको मूल्य, तोलामा कति ?
२०७८ भदौ ३१ गते

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








