एसियाकै शक्तिशाली महिला दीपिका
मकालु खबर
२०७८ भदौ ३० गते
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छन् । एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक गरिएकोमा टेलिभिजन तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा परेकी हुन् ।
यस सूचीका लागि सामाजिक सञ्जालमा रहेका फलोअर्स, गूगल सर्च तथा विभिन्न विषयलाई माध्यम बनाएर अनुसन्धान गरिएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स छन् ।
यस्तै, उनको ट्विटको प्रभाव सबैभन्दा बढी छ । यो सूचीमा एरियाना ग्र्यान्डी, किम कार्दशियन, एडेले, सेलिन डियोन पनि रहेका छन् ।
विश्वभरका सयभन्दा बढी देशका टेलिभिजन, चलचित्र, राजनीति, व्यापारिक क्षेत्रका महिलाहरूलाई यो सूचीमा राखेर उत्कृष्ट ५ को सूची निकालिएको हो ।
– दैनिक भास्कर
मकालु खबर
२०७८ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित