राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

बैंकले ८.५ प्रतिशत ब्याजको ऋणपत्र जारी गरेको थियो । ऋणपत्र २०८३ सालमा परिपक्व हुनेछ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृतका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकले ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *