एभरेष्ट बैंकद्वारा ‘एभरेष्ट उत्सवमय अफर’ सार्वजनिक
२०७८ भदौ २९ गते

काठमाडौं । एभरेष्ट बैङ्कले आउँदै गरेको नेपालीहरूको महान् चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।
यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”, आफ्नै सवारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको बैङ्कले जनाएको छ ।
यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७।९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैङ्कले जनाएको छ ।
यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरूका लागि अतुलनीय योजनाहरू प्रस्तुत गरी यस चाडपर्वलाई कर्जा लिने सही समय बनाएको जनाएको छ ।
२०७८ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








