टोटनह्याम ३-० ले पराजित
मकालु खबर
२०७८ भदौ २६ गते
काठमाडौँ । इंग्लिस प्रिमयर लिग फुटबलमा टोटनह्याम, क्रिष्टल प्यालेससँग पराजित भएको छ । शनिबार भएको खेलमा टोटनह्यामले ३-० को हार ब्यहोरेको हो । क्रिष्टल प्यालेसको जितमा इडवार्डले २ तथा जाहाले एक गोल गरे ।
५८ औँ मिनेटमा तानगांगाले रातोकार्ड पाएपछि १० खेलाडीमा सीमित भएको टोटनह्यामले अन्तिम ९ मिनेट सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भयो । प्रतियोगिताका चार खेलमध्ये टोटनह्यामको यो पहिलो हार हो ।
यसअघिका तीनै खेल जितेको टोटनह्याम तालिकाको शीर्ष स्थानमा छ । क्रिष्टल प्यालेस ११ औँ स्थानमा छ ।
मकालु खबर
२०७८ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित