पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा
मकालु खबर
२०७८ भदौ १८ गते
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन् ।
हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गरेका ललितपुरको गोदावरी–१ का थापालाई शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोषको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीस्तरीय निर्णयअनुसार पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिमको सदस्य सचिवमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयका सहचिव तारानाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
थापालाई चार वर्षसम्मका लागि मनोनयन गरिएको विज्ञप्तिमा बताइएको छ ।
मकालु खबर
२०७८ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित