प्रदेशमा भएका पुस्तकालयको अध्ययन हुनुपर्ने

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । ‘सबल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाइएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख फणीन्द्र खत्रीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाइनुपर्ने, पुस्तकालय सम्वन्धी कानून निर्माण, नमुना पुस्तकालय निर्माणका विषयमा छलफल भएको थियो ।  पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरीय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवश्यकता, प्रदेशमा भएका पुस्तकालयहरुको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका संघ प्रदेश १ का अध्यक्ष महेश बस्नेत, गाउँपालिका महासंघ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिका स्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । संगम पुस्तकालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न पुस्तकालयका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =