म्याजिक सिनेमा हलमा आगलागी
२०७८ भदौ १२ गते

काठमाडौँ । सुनसरी जिल्लाको झुम्कास्थित म्याजिक सिनेमा हलमा आगलागी भएको छ । बिजुलीको तार सर्ट भएका कारण हलमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।
हलको आगो नियन्त्रणका लागि दमकल आइसकेका छन् भने थप जानकारी आउन बाँकी छ । साइराम मार्केटको बिल्डिङमा रहेको ‘म्याजिक सिनेमा हल’ झुम्काको एउटा मात्र हल हो ।
२०७८ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








