अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा शुरु

काठमाडौ । एक्सपलोरर विङ्ग्स प्रालिले ब्याम्बिनोस डट लाइभसँग सम्झौता गरेर नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय व्यवहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ ।

यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विधाहरुलाई लक्षित गरेर सयभन्दा बढि कोर्सहरू समावेश गरिएको छ ।

ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल एकेडेमी हो । यो डिजिटल एकेडेमी ३ देखि १५ वर्षसम्मका बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ ।

अहिले कोभिड-१९ को महामारीको समय भएको कारणले बालबालकाहरूबीच खासै अन्तरक्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ ।

धेरै जसो राम्रो विद्यालयहरुले अतिरिक्त शिक्षामा ध्यान दिन थालेका छन् तर‚ धेरै निजी तथा सार्वजनिक विद्यालयहरू यो पक्षमा अझै पनि कमजोर रहेको पाइएको छ । सम्पूर्ण ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यही कुराको मध्यनजर गर्दै यो पाठ्यक्रम विकास गरिएको हो ।

पछिल्लो समय भारत र अन्य देशहरूमा शिक्षामा केन्द्रित प्रविधि एडू टेक स्टार्टअपले राम्रो सफलता र प्रख्याति पाएको कम्पनीले जनाएको छ । यस डिजिटल एकेडेमीको प्रयोग तीस हजार जना विद्यार्थीहरूले गरिरहेका छन् ।

कम्पनीले १०० भन्दा बढी प्रोग्रामहरू राखेको छ‚ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरूलाई समेटेको छ । यस प्लाटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =