ईसेवा मनी ट्रान्सफरद्वारा ईश्वर मन्दिर विद्यालयलाई सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्त्वको कार्यक्रमअन्तर्गत भोजपुरको ईश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

डिजिटल साक्षरताका लागि  एफवान सफ्ट ग्रुपका ग्रुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एन्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरेका हुन् ।

स्थापनाको छोटो समयमै तीव्र गतिमा बजार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्त्वका कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको ईसेवाले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

ईसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत् पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =