नेपाली ब्रान्डकाे प्रवर्द्धन र बिक्री गर्न इकमर्श प्लाटफर्म ग्रोडेली सञ्चालनमा

काठमाडौं । नेपाली ब्रान्ड्सकाे उत्पादन  मात्र प्रवर्द्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले ग्रोडेली अनलाइन स्टोर सञ्चालनमा आएको छ ।

फोर एरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको ग्रोडेलीले नेपाली ब्रान्ड्सका खाध्यान्न, तरकारी, फलफूललगायत अन्य दैनिक उपभोग्य तथा आवश्यकताका वस्तुहरु आफ्नो वेवसाइट तथा मोवाइल एपमार्फत प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

ग्रोडेलीमा खाध्यान्न, तरकारी, फलफूल, डेरी, पेय पर्दाथ, बेकरी, प्याकेज, फूड्स, पर्सनल तथा बेबी केयरसहित विभिन्न १० भन्दा बढी वर्ग अन्तर्गतका १५ सयभन्दा बढी सामानहरु उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ग्राहकले ग्रोडेलीको वेबसाइट  तथा मोबाइल एप  र फोन ०१५९०६६६३ मा र फेसबुक भाइबर तथा ह्वाट्सेपको माध्यमबाट आवश्यक सामानहरु अडर गरी २४ घण्टाभित्र घरमा तथा आफुले चाहेको स्थानमा डेलिभरीको सुबिधा रहेको कम्पनीले जनाएको छ ।

सोही अवसरमा, फोर एरोज इन्टरप्राइजेजका प्रवन्ध निर्देशक प्रणवभक्त मल्लले ग्रोडेली सम्भवत नेपाली उत्पादन तथा ब्रान्ड्सहरुको डिजिटल प्रवर्द्धन, बिक्री वितरण गर्ने नेपालकै पहिलो र एक मात्र प्लाट फर्म रहेको बताए ।

दैनिक रुपमा प्रयोग हुने सामानहरुमा नेपाली उत्पादन तथा ब्रान्ड्सको प्रयोग तथा उपभोगमा प्रोत्साहन गर्न यस किसिमका सामानमा नेपाललाई आत्म निर्भर बनाउने रहेको बताए ।

साथै हालसम्म ७५ भन्दा बढी नेपाली ब्रान्ड्ससँग साझेदारी गरिसकेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =