सुनको मूल्य बढ्यो, तोलामा कति ?
मकालु खबर
२०७८ साउन २८ गते
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहिबार बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
मकालु खबर
२०७८ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित