मध्यरातमा कुटाकुट, एकको ज्यान गयाे

विराटनगर । ओखलढुङगामा एक आपसमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । सिद्धचरण नगरपालिका ५ चित्रेका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भएको थियो ।

दुई जना बिचको कुटाकुटबाट पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत १ बजे भएको झगडामा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा तेन्जीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =