त्रिविका १४२० दरबन्दीका लागि स्रोत खोज्न समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०७४ साल मंसिरमा सरकारले स्वीकृत गरेको १४२० करार शिक्षकको दरबन्दी कार्यान्वयन गर्ने पहल गर्न समिति गठन गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले सरकारले दरबन्दी स्वीकृत गरेपनि आवश्यक स्रोत व्यवस्थापन हुन नसक्दा त्यसअनुसार शिक्षक नियुक्त गर्न नसकेको भन्दै विश्वविद्यालयले यसका लागि आर्थिक श्रोतको व्यवस्थापन गर्न शिक्षा मन्त्रालयमा लेखिपठाउने निर्णय गरेको र त्यसका लागि समन्वय र पहल गर्न त्रिविका प्रा.डा. सितारामराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
समितिमा सहप्रा. पद्मप्रसाद खतिवडा, तथा आंशिक शिक्षकहरू चन्द्रवदना राई, सुरेन्द्र उप्रेती, ईश्वरचन्द्र पौडेल, बाबुराम पौडेल र युवराज घिमिरे सदस्य छन् । समितिलाई विश्विद्यालयमा स्वीकृत दरबन्दी कार्यान्वयनका लागि पहल गर्ने अख्तियारी पनि त्रिविका उपकुलपति बाँस्कोटाले दिएका छन् ।









