मेडिसिटीद्वारा यती र तारा एयरका पाइलट र क्याबिन क्रूलाई प्रशिक्षण

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले यती तथा तारा एयरका पाइलट र क्याबिन क्रियुलाई प्री-हस्पिटल केयर प्रशिक्षण प्रदान गरेको छ ।
अस्पताल र यती एअरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्फत बिरामीहरूको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै सेमबार अस्पतालमा पाइलट र क्याबिन क्रू तथा प्रशासनिक कर्मचारीहरूलाई प्री-हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरिएको हो ।
नेपाल मेडिसिटीका प्री-हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारीले प्रशिक्षण प्रदान गरेकोे कार्यक्रममा यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेका थिए ।
देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के-कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको हो ।
द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरू तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।
देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्न सक्ने आशा राखिएको छ ।
आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती तथा तारा एअरलाइन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुने जनाएको छ ।








