महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

मोरङ । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका-२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई ऋषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =