यसरी मनाइयो ‘गथे मुँग’ (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् । परापूर्वकालमा दुःख दिने घण्टाकर्ण नामक राक्षसलाई आज मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । नेवार समुदाय बसोबास गर्ने शहरहरु काठमाडौं उपत्यका, दोलखा, बन्दीपुरलगायतका ठाउँहरुमा यो पर्व मनाइन्छ ।

आज बिहानैदेखि नर्कटमा पराल वा छ्वाली बेरेर घण्टाकर्णको प्रतिरुप बनाइ दोबाटोमा ठडाइन्छ । साँझ परेपछि सोही प्रतिरुपलाइ जलाएर यो पर्व सकिन्छ । घण्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए रोगव्याधी हट्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *