भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।

सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ  आयोग गठन गरेको थियो ।

पछिल्लो समय जिल्लास्तरमा धमाधम भइरहेको समिति गठनको गतिविधिलाई कार्यकर्ता भर्ती गर्ने माध्यम बनाइएको भन्दै आलोचनासमेत हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =