एमबीएस र एमपीएको प्रवेश परीक्षा मिति संशोधन (सूचनासहित)
मकालु खबर
२०७८ साउन १८ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले सेमेष्टर प्रणालीमा आधारित एमबीएस र एमपीएको प्रवेश परीक्षा मिति संशोधन गरेको छ । आइतबार एक सूचना जारी गर्दै त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले भदौ ५ गतेका लागि प्रवेश परीक्षाको मिति तोकेको हो ।
जसका लागि साउन ३० गतेसम्म आवदेन फारम बुझाउनुपर्नेछ । दोब्बर शुल्क तिर्नेले भने भदौ ३ गतेसम्म फारम बुझाउन पाउनेछन् । ११ गते प्रवेश परीक्षाको नतिजा प्रकशित हुनेछ भने २२ गतेदेखि कक्षा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :-
मकालु खबर
२०७८ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित