संसद सचिवायलको आर्थिक कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने

काठमाडौं । संघीय संसद सचिवालयको आर्थिक कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ । नयाँ आर्थिक वर्षबाट संसद सचिवालयका सबै आर्थिक गतिविधि पूर्ण सरकारी स्वामित्वको बैंकबाट गर्न थालिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन् ।

यसअघि संसद् बैठकमा सांसदहरूले र सञ्चारमाध्यममा समेत सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको विषय उठान गरेपछि गतमंसिरमै सभामुख अग्निप्रसाद सापकोटाले खाता परिवर्तनको निर्देशन दिएका थिए ।

आर्थिक वर्षको बिचैमा खाता परिवर्तन गर्न कठिनाइ हुने अर्थमन्त्रालयले बताएको थिय । नयाँ आर्थिक वर्षसँगै खाता परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंकबाट सचिवालयको आर्थिक कारोबार हुने भएको प्रवक्ता पाण्डेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार शाखाको स्तरोन्नति र सेवासुविधा विस्तार गर्नसमेत अनुरोध गरेको छ । यसअघि, संसद सचिवालयका खाताहरू एभरेस्ट बैंकमार्फत सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =